खेलकूद

प्रिमियर लीग फूटबलमा टोटनह्याको शानदार जित

हिमालय टिभी
२०७८ चैत २१ गते ७:५८
प्रिमियर लीग फूटबलमा टोटनह्याको शानदार जित

२१ चैत २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लिग फूटबलमा टोटनह्याले शानदार जित निकालेको छ ।

गएराति भएको खेलमा टोटनह्यामले न्यूकासल यूनाइटेडलाई ५–१ ले हराएको हो । टोटनह्यामका लागि बेन डेभिस,माट डोहर्टी, सन ह्युङ मिन,इमर्सन रोयल,स्टिभेन बेर्जविजनले एक एक गोल गरे ।

फाबियनले गोल गर्दै न्यूकासललाई सुरुआती अग्रता दिलाएका थिए । जितसँगै ३० खेलमा ५४ अंक जोडेको टोटनह्याम चौंथो स्थानमा छ ।

न्यूकासल ३१ अंक जोडेर १५ औं स्थानमा छ । प्रिमियर लीग अन्तर्गत नै गएरातिको खेलमा वेस्ट ह्याम युनाईटेडले एभर्टनलाई २–१ ले हराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्