Main News

प्रसारण लाइन नहुँदा उत्पादित बिजुली खेर गयो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २० गते २०:३७
प्रसारण लाइन नहुँदा उत्पादित बिजुली खेर गयो (भिडियो रिपोर्टसहित)

२० चैत २०७८ काठमाडौं । विद्युत प्राधिकरणले प्रसारण लाइन बनाउन ध्यान नदिँदा करिब आधा दर्जन जलविद्युत आयोजना केन्द्रीय प्रसारणलाइनमा जोडिन सकेका छैनन् । आयोजना निर्माण सम्पन्न भए पनि प्रसारण लाइन नहुँदा उत्पादित विद्युत त्यत्तिकै खेर गइरहेको छ ।

नेपालको विद्युत वर्षामा खेर जाने र हिउँद कम हुने समस्या छ । विद्युत प्राधिकरणले प्रसारण लाइन बनाउन ध्यान नदिदाँ करिब आधा दर्जन जलविद्युत आयोजनाको उत्पादन केन्द्रीय प्रसारण लाईनमा जोडिन सकेको छैन ।

अहिले पनि १ सय मेगावाट भन्दा बढि विद्युत त्यत्तिकै खेर गइरहेको छ । जसका कारण उद्योगी व्यवसायीले चाहिए जति विद्युत पाउन सकेका छैनन् ।

जलविद्युतको लागि प्रसारण लाईन प्रमुख पक्ष हो । भर्खरै ५ वर्षमा सक्ने गरी प्रसारणलाइन बनाउन एमसीसी सम्झौता समेत भएको छ । त्यसले जल विद्युत विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तर अहिले नेपाललाई पुग्ने विद्युत उत्पादन त भइरहेको छ तर प्रसारण लाईन नहुदाँ विद्युत आयात गर्नु पर्ने अवस्था छ । त्यसको असर उद्योगीहरुलाई परेको छ।

२०५७ सालदेखि जलविद्युतमा निजि क्षेत्रको लगानी भित्रिएको थियो । वर्षमान पुन उर्जामन्त्री हुदाँ १० वर्षमा १५ हजार मेगावाटको स्वेतपत्र जारी गरेपछि निजि क्षेत्रको लगानी जलविद्युतमा बढेको थियो ।

अहिले देशभरका विद्युत गृहबाट २१ सय ६ मेगावाट विद्युत उत्पादन क्षमता छ । त्यसमा निजि क्षेत्रले १४ सय १३ मेगावाट विद्युत उत्पादन गरिरहेका छन् । निमार्ण पुरा भएका कतिपय आयोजनाले प्रसारण लाईन नहुदाँ परीक्षण र उत्पादन गर्न सकेका छैनन् । अबको दुई वर्षमा करिब ३५ सय मेगावाट बिद्युत पाइपलाइनमै छन । तर प्रसारणलाई नबन्ने हो भने अब उत्पादन हुने बिद्युत खेर जाने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *