संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवा र मोदीले ? (भिडियो रिपोर्टसहित)
१९ चैत २०७८ नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच पञ्चेश्वर परियोजनालाई तीव्र गतिमा अघि बढाउने विषयमा छलफल भएको छ ।
प्रतिनिधि मण्डलस्तरीय वार्तापछि संक्युत रुपमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले सीमाको विषयमा छलफल भएको र स्थापित संयन्त्रमार्फत् सीमा समस्या समाधान गर्न आग्रह गरिएको बताउनुभयो ।
भारतीय प्रधानमन्त्री मोदीले भेटमा थुप्रै महत्वपूर्ण विषयमा सार्थक वार्ता भएको बताउनुभयो । उहाँले विभिन्न परियोजनाको प्रगतिको समीक्षा गर्दै भविष्यको सम्बन्धको रूपरेखाबारे पनि छलफल भएको बताउनुभयो ।
सम्बोधन गर्नुपूर्व देउवा र मोदीले संयूक्त रुपमा जयनगर जनकपुर रेल, सोलु ट्रान्समिसन लाइन र नेपालमा भारतीय कार्ड रूपे सञ्चालनको उद्घाटन गरेका थिए। यसै गरी दुवै प्रधानमन्त्रीले रु पेको पनि उद्घाटन गरेका थिए ।
प्रतिक्रिया