खेलकूद
त्रिदेशीय ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा आज नेपाल र मलेसिया भिड्दै
२०७८ चैत १९ गते ७:३२

१९ चैत २०७८ काठमाडौं । त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृंखला अन्तर्गत नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
शृंखलाको छैटौं खेलमा घरेलु टोली नेपाल र मलेसियाबीच खेल हुन लागेको हो । मलेसिया आज फाइनल पुग्ने लक्ष्यका साथ मैदान ओर्लने छ ।
लगातार तीन खेल जितेको नेपाल एक खेल अगावै फाइनल पुगिसकेको छ । दोस्रो स्थानको पीएनजीले ४ खेलबाट २ अंक जोड्दा एक खेल कम खेलेको मलेसियाको पनि समान २ अंक नै छ ।
मलेसिया आज पराजित भए रन रेटका आधारमा पीएनजीले फाइनलमा स्थान पक्का पार्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल मध्यान्ह साढे १२ बजे शुरू हुनेछ ।
प्रतिक्रिया