Main News

आज देशका विभिन्न ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ चैत १७ गते ९:२७
आज देशका विभिन्न ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

१७ चैत २०७८ काठमाडौं । आज देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

हाल भारतको बिहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभावले आज प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आज राति पनि प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै भोलि प्रदेश १ को थोरै र बाग्मती तथा गण्डकी प्रदेशका एकदुइ स्थानमा मेघगर्जनर चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । तर ठूलो पानी पर्ने सम्भावना तत्कालका लागि नरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *