Main News

आज देशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ चैत १६ गते ८:५३
आज देशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

१६ चैत २०७८ काठमाडौं । आज देशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

भारतको विहार आसपास रहेको न्युन चापीय प्रणाली र स्थानीय वायुको प्रभावले प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार यी प्रदेशमा आज दिउँसो आंशिकदेखि सामान्य बदली भए पनि अरु ठाउँको मौसम भने सामान्यतया सफा रहने छ ।

यस्तै राति पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ।

यस्तै भोलि दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै पानी कम पर्दा गर्मी बढ्नेछ । विशेषगरी तराईका भूभागमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *