Main News

अघोषित लोडसेडिङ : उद्योगबाट धमाधम उत्पादन कटौति (भिडियो रिपोर्टसहित)

२०७८ चैत १५ गते २१:००
अघोषित लोडसेडिङ : उद्योगबाट धमाधम उत्पादन कटौति (भिडियो रिपोर्टसहित)

१५ चैत २०७८ विराटनगर । पछिल्लो समय अघोषित रुपमा लोडसेडिङ शुरु भएसँगै सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगले धमाधम उत्पादन कटौती गर्न थालेका छन् । नियमित रुपमा दैनिक १० देखि १२ घण्टासम्म लोडसेडिङ हुन थालेपछि उद्योगी व्यसायीले उत्पादन कटौती गरेका हुन् ।

सुनसरी–मोरङ करिडोरमा सञ्चालित उद्योगका लागि आवश्यक ऊर्जा संकट हुँदा उद्योगले ४० देखि ६० प्रतिशत उत्पादन कटौती गरेका छन् । गत मंगलबारदेखि नियमित १० देखि १२ घण्टा लोडसेडिङ हुने गरेको उद्योगी व्यवसायीको भनाइ छ। बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उद्योगीले विद्युत नियमित गर्न राज्यलाई खबरदारी गरे ।

मंगलबार ४ घण्टा कटौती भएको बिजुली आइतबार १२ घण्टा पुग्यो । अझै सोमबार त्यो भन्दा लामो समय बिजुली आएन । भारतबाट बिजुली खरिद गर्न नपाएको कारण देखाएर नेपाल विद्युत प्राधिकरणले दैनिक १२ घण्टासम्म विद्युत कटौती गर्दा उत्पादनमा ठूलो धक्का पुगेको उनीहरुको गुनासो छ ।

उद्योगी व्यवसायीले उद्योगलाई आवश्यक विद्युत उपलब्ध गराउनु सरकारको दायित्व भएकाले कुनै पनि बहानामा कटौती नगर्न प्राधिकरणलाई आग्रहसमेत गरे । कोरोना कहरबाट बल्लतल्ल तंग्रिन थालेका उद्योगहरु लोडसेडिङले धरासायी हुने उद्योगीको चिन्ता छ ।

केही दिनअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले चाहिएजति विद्युत दिने प्रतिवद्धता जनाएको थियो । तर, एकाएक लोडसेडिङ गर्नुले सरकारको असक्षमता देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *