खेलकूद
एन्फाको साधारण सभा आज
२०७८ चैत १५ गते ९:३१
१५ चैत २०७८ काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारण सभा आज हुँदैछ ।
साधारण सभा अघि एन्फाले यसअघि स्थगित भएको विशेष साधारण सभा सानेपास्थित एक होटलमा बोलाएको छ । फागुन ८ गतेका लागि डाकिएको एन्फाको विशेष साधारण सभा प्राविधिक कारण देखाएर स्थगित गरिएको थियो ।
तर, एन्फाको १८ औं कार्यसमिति बैठकले साधारण सभा चैत १५ गते गर्ने निर्णय गरेको थियो । साधारण सभामा निर्वाचनमा केन्द्रीत एजेण्डाहरूमा छलफल हुने बताइएको छ ।
निर्वाचन समिति गठन, निर्वाचन पुनरावेदन समिति गठन, उम्मेदवारको मनोनयन शुल्क निर्धारण र वार्षिक कार्यक्रम तथा बजेटको लेखा परीक्षण प्रतिवेदन लगायतको विषयमा साधारण सभा छलफल हुनेछ । एन्फाको निर्वाचन आगामी वर्षको जेठ १५ गतेका लागि तय गरिएको छ ।
प्रतिक्रिया