छाडा चौपायाका कारण दुर्घटना बढ्दै (भिडियो रिपोर्टसहित)

२०७८ चैत १४ गते १६:४९
छाडा चौपायाका कारण दुर्घटना बढ्दै  (भिडियो रिपोर्टसहित)

१४ चैत २०७८ सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरका सडकमा छोडिएका चौपायाका कारण सवारी आवागमनमा समस्या भएको छ । चौपायाकै कारण दुर्घटना बढेको छ भने कतिपयको मृत्यु भएको छ ।

छाडा चौपायालाई व्यवस्थापन गर्न स्थानीय नै सक्रिय भए पनि स्थानीय सरकारको उदासिनता र कानूनी जटिलताका कारण सम्भव हुन सकेको छैन ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा छाडा चौपायाका कारण हुने दुर्घटनाको संख्या बढेको छ । छाडा चौपायाकै कारण दुर्घटना हुँदा पछिल्लो तीन वर्षमा ४ जनाको मृत्यु भइसकेको छ । ११ जना घाइते भएका छन् ।

यस्ता घटनामा पशुचौपाया समेत मरेका छन् । सवारी साधनको चाप, साँघुरा सडक त्यसमाथि छाडा चौपायाका कारण सवारी चालक र पैदल यात्रुलाई समस्या हुने गरेको छ ।

कर्णाली प्रदेशको राजधानी बनेसँगै वीरेन्द्रनगरमा सवारी चाप बढेको छ । दुध दिने र जोत्ने समयमा मात्र घरमा बाँध्ने र अन्य समयमा जाथाभावी छोडिदिँदा चौपायका कारण समस्या भएको हो ।

अहिले वीरेन्द्रनगरका सडकमा पाँच सयको हाराहारीमा छाडा चौपाया छन् । त्यसलाई व्यवस्थित गर्न वार्षिक पाँच लाख बजेट छुट्याइए पनि यो वर्ष बजेट पनि आएन । स्थानीयले पहल गरे पनि कानूनी जटिलता र स्थानीय सरकारको लाचारीपनले समस्याको दीगो समाधान हुन सकेको छैन ।

छाडा चौपायले दुर्घटनामा जनधनको क्षति त भएकै छ नगरलाई पनि कुरुप बनाएको छ । पशुपालक आफैँ जिम्मेवार भएमा यो समस्या समाधानमा सहज हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *