खेलकूद

आईपीएलमा पञ्जाव किंग्सको विजयी शुरुवात

हिमालय टिभी
२०७८ चैत १४ गते ७:४३
आईपीएलमा पञ्जाव किंग्सको विजयी शुरुवात

१४ चैत २०७८ नयाँ दिल्ली । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा पञ्जाब किंग्सले विजयी शुरूवात गरेको छ ।

गएरातिको खेलमा पञ्जाबले रोयल च्यालेञ्जर्स बेंग्लोरलाई ५ विकेटले हराएको हो । २०६ रनको लक्ष्य पञ्जाबले एक ओभर अगावै ५ विकेट गुमाएर पूरा गरेको थियो । पञ्जाबका शिखर धवन र भानुका राजापाक्षेले समान ४३(४३ रन बनाए ।

त्यस्तै कप्तान मयंक अग्रवाल ३२ रनमा आउट हुँदा ओडिएन स्मिथ २५ तथा शाहरुख खान २४ रनमा अविजित रहे । बलिङमा पञ्जाबका मोहम्मद सिराजले २ विकेट लिए ।

यसअघि मुम्बईस्थित डीवाई पाटील रंगशालामा टस हारेर ब्याटिङ गरेको बेंग्लोरले निर्धारित ओभरमा २ विकेटको नोक्सानीमा २०५ रन बनाएको थियो । उसका लागि कप्तान फाफ डुप्लेसिसले ८८ रन जोड्दा विराट कोहली ४१ रनमा अविजित रहे ।

दिनेश कार्तिक ३२ रनमा नटआउट रहे । पञ्जाबका आर्शदीप सिंह र राहुल चहरले एक(एक विकेट लिए । प्रतियोगिता अन्तर्गत आज दुई नवप्रवेशी फ्रेञ्चाइच क्लब गुजरात टाइन्स र लखनऊ सुपर जायन्ट्सबीच खेल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्