कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

१४ चैत २०७८ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा गठबन्धन केन्द्रीय तहबाटै कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल हुने भएको हो ।
स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन लगायतका विषयमा छलफल गर्न कांग्रेस बैठक शुक्रबार शुरु भएको हो।
बैठकको पहिलो दिन धारणा राख्ने २२ जनामध्ये अधिकांश केन्द्रीय सदस्यले गठबन्धन आवश्यक रहेकोमा जोड दिएका थिए । केहीले भने गठबन्धनबिना निर्वाचनमा जानुपर्ने बताएका थिए ।
चुनावी गठबन्धनलाई लिएर कांग्रेसमा स्पष्ट दुई धार छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा आबद्ध दलसँग तालमेल गरेर चुनावमा जाने सार्वजनिक अभिव्यक्ति दिँदै आउनुभएको छ । तर संस्थापन इतर समूहका नेताहरु भने चुनावी तालमेलको विपक्षमा छन् ।
प्रतिक्रिया