खेलकूद

थाइल्याण्डको चोनबुरी एफसीसँग नेपाल पराजित

हिमालय टिभी
२०७८ चैत १३ गते १९:०६
थाइल्याण्डको चोनबुरी एफसीसँग नेपाल पराजित

१३ चैत २०७८ काठमाडौं । एएफसी एसिया कप छनोटको तयारीका क्रममा खेलिएको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फूटबल टोलीले थाइल्याण्डको चोनबुरी एफसीसँग पराजित भएको छ ।

थाइल्याण्डको शीर्ष श्रेणी च्याम्पिनय चोनबुरीसँगको उसैको घरेलु मैदानमा भएको खेलमा नेपाल ३–१ गोलले पराजित भएको हो । घरेलु टोलीका लागि फान्थामित प्रनात, रेनाटो केलिक र नाट्टापोङले १–१ गोल गरे ।

नेपालका लागि दर्शन गुरुङले १ गोल फर्काए । खेलको सुरुवातदेखिनै नेपाल माथि दबाब बनाएको चोनबुरीले २४ औं मिनेटमा फान्थामितले गोलबाट अग्रता लियो । दोस्रो हाफमा पनि लगातार नेपालको पोष्टमा धावा बालेको चोनबुरीले ६५ औं मिनेटमा रेनाटोले गोल अग्रता दोब्बर बनाउँदा दर्शनले ८३ औं मिनेटमा गोल गर्दै नेपाललाई खेलमा फर्काए । तर इन्जुरी समयमा नाट्टापोङले गोल गर्दै चोनबुरीलाई ३(१ को जित दिलाए ।

थाइल्याण्ड भ्रमणका क्रममा भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल त्यहाँको राष्ट्रिय टोलीसँग २(० गोलले पराजित भएको हो । पहिलो हाफमा थाइल्याण्डलाई रोके पनि दोस्रो हाफको अन्त्यतिर नेपालले दुवै गोल खाएको थियो ।

एएफसी एसिया कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपाल मैत्रीपुर्ण खेलका लागि थाइल्याण्ड पुगेको हो । एसियन कप छनोटको समूह ए मा नेपालसँगै कुवेत, इण्डोनेसिया र जोर्डन छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्