खेलकूद

विश्वकप छनोटमा इजिप्ट, अल्जेरिया र ट्यूनेशिया विजयी

हिमालय टिभी
२०७८ चैत १२ गते ८:२२
विश्वकप छनोटमा इजिप्ट, अल्जेरिया र ट्यूनेशिया विजयी

१२ चैत २०७८ काठमाडौं । विश्वकप फूटबल छनोट प्लेअफको पहिलो लेगमा इजिप्ट, अल्जेरिया र ट्यूनेशिया विजयी भएका छन् ।

अफ्रिकी छनोट अन्तर्गत प्ले अफ चरणको पहिलो लेगमा अफ्रिकन च्याम्पियन सेनेगललाई १–० ले स्तब्ध बनाउँदै इजिप्ट विश्वकप नजिक पुगेको हो ।

घरेलु मैदानमा इजिप्टको जितमा आत्मघाती गोल नै निर्णायक रह्यो । खेलको चौथो मिनेटमै सेनेगलका सालिउ सिसले आत्मघाती गोल गर्न पुगेका थिए ।

त्यस्तै अल्जेरियाले क्यामरुनलाई तथा ट्यूनेशियाले मालीलाई समान १–० ले हराए । उता कंगो र मोरक्को ११ गोलको बराबरीमा रोकिंदा नाइजेरिया र घानाले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्