राजनीति
कांग्रेस घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री थापा
२०७८ चैत ११ गते ७:११
११ चैत २०७८ काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’को संयोजकमा महामन्त्री गगनकुमार थापालाई मनोनीत गर्नुभएको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार सभापति देउवाले उहाँलाई समितिको संयोजकमा मनोनयन गर्नुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया