Main News

दिनभर काम गर्दा पनि छाक टार्ने यस्तो मुस्किल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ९ गते २१:००
दिनभर काम गर्दा पनि छाक टार्ने यस्तो मुस्किल (भिडियो रिपोर्टसहित)

९ चैत २०७८ बागलुङ। महङ्गीले नागरिकको ढाड सेकेको छ । विशेषगरी ज्यालादारी रुपमा मजदुरी गरेर खानेको दैनिकी नै प्रभावित बन्ने गरेको छ । विभिन्न बाहानामा हुने मूल्यवृद्धिले निम्नस्तरका नागरिकलाई हातमुख जोड्न नै समस्या पर्न थालेको छ ।

आफ्नो सीप प्रयोग गर्ने ठाउँ खोज्दै कपिलबस्तुबाट बाग्लुङ आएका कविराज विश्वकर्मा, ज्यालादारी काम गर्नुहुन्छ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म काम गर्दा ७ सय रुपैँया कमाई हुन्छ । उहाँको घरमा श्रीमती र तीन छोरा छन् । महङ्गीका कारण बिहान बेलुका छाक टार्न पनि कठिन हुँदै गएको छ ।

कविराज जस्तै धेरै ज्यालादारी मजदुरको दैनिकी महंगीले कठिन बनाएको छ । तरकारी, पेट्रोलियम पर्दार्थ, खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले जनतालाई छाक टार्न समेत समस्या भै रहेको छ । दैनिक ज्यालादारी काम गरेर बचत गर्न नै कठिन हुने गरेको छ ।

लमजुङका बिर बहादुर गुरुङ, पूर्व प्रहरी हवल्दार हुन् । उनको पेन्सन त आउँछ नै सँगै भोटेओडारमा ज्याला मजदुरी पनि गर्छन् । तर महंगीले जीवन कठिन बनाएको छ ।

दैनिक ज्यालादारी गर्ने यस्तै धेरै मजदुर महंगीको मारमा छन् । महंगी नियन्त्रणमा सरकारले ध्यान नदिने हो भने धेरै ज्यालादारी मजदुर दैनिकी गुजारा गर्न कठिन हुने अवस्थामा पुग्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *