निर्वाचन आयोगको निष्पक्षतामाथि एमाले अध्यक्ष ओलीले उठाए प्रश्न
९ चैत २०७८ काठमाडौं । नेकपा एमालेको आजबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश भएको छ ।
अध्यक्ष ओलीले आफ्नो प्रतिवेदनमा सत्तागठबन्धनप्रति असन्तुष्टि राख्दै अदालतमा सेटिङदेखि निर्वाचन आयोगको निष्पक्षतामा प्रश्न उठाउनुभएको छ ।
यस्तै प्रतिवेदनमा वर्तमान सरकार कुटनीतिकरुपमा असफल भएको पनि टिप्प्णी गरिएको छ । अध्यक्षको प्रतिवेदन अध्ययनपछि केन्द्रीय सदस्यहरूलाइ लिखित धारणा पेश गर्न भनिएको छ ।
बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकको पहिलो दिन आज सातवटा प्रदेशका अध्यक्षले स्थानीय चुनाव लक्षित पार्टीको तयारी तथा सम्भावित नतिजाको आंकलनसहित रिपोर्टिङ गरेका थिए ।
बैठक बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन तयारीमा केन्द्रित हुने बताइएको छ । त्यस्तै अध्यक्षको प्रतिवेदनसँगै महासचिव शंकर पाखेरलको समसामयिक प्रतिवेदन पनि पेश भएको छ ।
भोलिसम्म चल्ने बैठकले चुनावी घोषणापत्र र उम्मेदवार चयनका मापदण्ड लगायतका विषयमा पनि निर्णय गर्ने छ ।
प्रतिक्रिया