राजनीति

अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न कार्यकर्तालाई अध्यक्ष नेपालको आग्रह

हिमालय टिभी
२०७८ चैत ९ गते १८:३५
अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न कार्यकर्तालाई अध्यक्ष नेपालको आग्रह

९ चैत २०७८ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

काठमाडौंमा आज भएको पार्टीको वाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ रहने बताउनु भयो । आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा नसोच्न अध्यक्ष नेपालले नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टीमा रहेका मन्त्रीद्वय प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गएको कुरा झुटो भएको दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नै एमसीसी परियोजनामार्फत नेपाललाई इण्डोप्यासिफिकको अंग बनाउने कुरा ल्याएको पनि आरोप लगाउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्