Main News

आज केही प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने

हिमालय टिभी
२०७८ चैत ९ गते ९:२३
आज केही प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने

९ चैत २०७८ काठमाडौं । आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राती देशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । भने प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भेगका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *