समाज

सांकेतिक भाषाको श्रोत केन्द्र बन्द हुँदा यस्तो समस्या (भिडियो रिपोर्टसहित)

२०७८ चैत ८ गते १८:१८
सांकेतिक भाषाको श्रोत केन्द्र बन्द हुँदा यस्तो समस्या (भिडियो रिपोर्टसहित)

८ चैत २०७८ कपिलवस्तु । कपिलवस्तुमा २०७४ साल अघि तीन वटा विद्यालयमा दोभासे र सांकेतिक भाषाको श्रोत केन्द्र संचालनमा थिए । प्लस टुसम्मको शिक्षा स्थानीय तहको जिम्मेवारीमा आएसँगै ती केन्द्रहरु बन्द भएका छन् । जसको असर सुस्त श्रवण भएका व्यक्तिलाई परेको छ ।

रिन्कु अग्रहरीको परिवार । रिन्कु र उहाँकी श्रीमती मेनुका दुबै जना बोल्न र सुन्न सक्दैनन् । सांकेतिक भाषाको कक्षा लिँदै गर्दा भेट भएका रिन्कु र मेनुकामा प्रेम टुसायो र त्यो प्रेम विवाहमा परिणत भयो । रिन्कुलाई आफ्नो कुरा परिवारले नबुझ्दा र परिवारले भन्न खोजेको कुरा आफूले नबुझ्दा समस्या हुन्थ्यो ।

आफूले सांकेतिक भाषामा कुरा गर्न जाने पनि त्यो समाधान हैन भन्ने उहाँलाई लाग्यो । त्यसपछि उहाँले सुन्न र बोल्न नसक्ने व्यक्तिहरु र तीनका परिवारलाई सांकेतिक भाषा सिकाउने अठोट लिनुभयो र आफ्नै नेतृत्वमा स्थापना गर्नुभयो कपिलबस्तु बहिरा संघ ।

संघले कपिलबस्तुमा सुस्त श्रवण भएका व्यक्तिहरुको तथ्याङ्क संकलन गरिरहेको छ । १० मध्ये ९ पालिकामा कुल २ सय ५२ सुस्त श्रवण भएका व्यक्तिहरु रहेको तथ्याङ्कमा देखिएको छ ।

कपिलवस्तुमा २०७४ अघि तौलिहवाको बुद्धपद्धम माविसहित जिल्लाका ३ स्थानमा बहिरा व्यक्तिका लागी श्रोत केन्द्र सञ्चालनमा थिए । संघीय संरचनामा आएपछि स्थानीय तहको जिम्मेवारीमा आएको दोभासे र सांकेतिक भाषाको श्रोत केन्द्र संचालनमा छैनन् ।

तर, यसको जिम्मेवारी पाएको स्थानीय तह भने आफूलाई जानकारी नभएको र कसैले माग पनि नगरेका कारण सञ्चालन हुन नसकेको भनेर पन्छिरहेको छ ।

रिन्कु अग्रहरीले पहिलो चरणमा सुस्त श्रवण भएका र दोस्रो चरणमा उनीहरुका परिवारलाई तालिम दिलाउने तयारी गरिरहनु भएको छ । परिवारभित्र नै आफ्नो भावना र मनोभाव बुझाउन कठिन भएपछि रिन्कुल दोभासेको व्यवस्थापन र साँकेतिक भाषाको प्रशिक्षण गराइरहनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *