Main News

थप ४४ जनामा कोरोना सङ्क्रमण

२०७८ चैत ८ गते १७:२४
थप ४४ जनामा कोरोना सङ्क्रमण

८ चैत २०७८ काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय ६ हजार ५९४ जनाको कोरोना परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६८८ रहेको छ । पछिल्लो समय ४८१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६३ हजार ५९२ पुगेको छ ।

निको हुने दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर र काठमाडौँ छन् । शून्य कोरोना सङ्क्रमित भएका चार जिल्लामा मनाङ, रुकुम पूर्व, बाजुरा र जुम्ला छन् । नेपालमा सङ्क्रमण दर १७.७ प्रतिशत रहेको छ ।

हाल होम आइसोलेशनमा दुई हजार ६३७, संस्थागत आइसोलेशनमा ५१, आइसियुमा २३ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ । पछिल्लो २४ घण्टामा ७३ हजार ६४२ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *