Main News

सरकार जल संरक्षणमा सचेत छ : मन्त्री भुसाल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ८ गते १६:३४
सरकार जल संरक्षणमा सचेत छ : मन्त्री भुसाल (भिडियो रिपोर्टसहित)

८ चैत २०७८ काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सरकार जल संरक्षण र सम्वर्धनमा सचेत रहेको बताउनु भएको छ ।

विश्व पानी दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले पिउने पानीका लागि संघर्ष गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सचेत रहनुपर्ने बताउनुभयो ।

मन्त्री भुसालले भूमिगत जलस्रोतको संरक्षण हुने गरी तय गरिएको नीति कार्यक्रमको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

मन्त्री भुसालले सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने तयारी गरेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *