विदेश

पुटिनको अडान बुझ्न प्रत्यक्ष वार्ता आवश्यक रहेको युक्रेनी राष्ट्रपतिको जिकिर

हिमालय टिभी
२०७८ चैत ८ गते ७:५१
पुटिनको अडान बुझ्न प्रत्यक्ष वार्ता आवश्यक रहेको युक्रेनी राष्ट्रपतिको जिकिर

८ चैत २०७८ युक्रेन । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसको युद्ध अन्त्य गर्ने अडान बुझ्न राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता आवश्यक रहेको बताएका छन् ।

दुई मुलुकबीच विभिन्न चरणमा भएका वार्तामा ठोस सहमति जुट्न नसकेपछि युक्रेनी राष्ट्रपतिले पुटिनसँग प्रत्यक्ष वार्तामा जोड दिएका हुन् । तर मस्कोले जेलेन्स्कीको वार्ता प्रस्तावलाई बेवास्ता गरिरहेको छ ।

यता युक्रेनी वार्ताकार क्रेनीले रूसलाई युद्धको स्थितिको पर्याप्त मूल्याङ्कन गर्न बाध्य तुल्याइरहेको जनाएका छन् । यसले दुई पक्षबीचको वार्तालाई प्रोत्साहित गर्न मद्दत गरेको उनको बुझाइ छ । तर शान्ति सम्झौताको कुनै पनि निर्णय युक्रेनी र रुसी नेताहरूबीच हुने क्रेनीले बताए ।

यता युक्रेन युद्धको एक महिना पुग्दै गर्दा पनि रुसले आक्रमण जारी राखेको छ । रुसले युक्रेनमा अन्धाधुन्ध आक्रमण गरेको भन्दै अमेरिकाले युक्रेनमा युद्ध अपराधको प्रमाण सङ्कलन गर्न मद्दत गर्ने जनाएको छ ।

राजधानी किभको एक आवासीय क्षेत्र र बजारमा रुसी सेनाले गरेको गोलावारीमा आठ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *