नेविसंघमा उमेर हदको त्रिवि केन्द्रीय क्याम्पसमा स्वागत
७ चैत २०७८ काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा उमेर हद लगाउनु राम्रो भन्दै त्रिभुव विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघका नेताहरुले स्वागत गरेका छन् ।
कांग्रेस कार्यसम्पादन समितिले नेविसंघको तदर्थ समिति ३२ वर्षमुनिको उमेर हदबन्दी लागू गरेर ल्याउने निर्णय स्वागत गरेका हुन् ।
आज त्रिभुवन विश्वविद्यालयमा ब्यानरसहित ३२ मुनिको निर्णय छिटो कार्यान्वयन होस भन्ने मागसहितको प्लेकार्ड पनि उनीहरुले प्रदर्शन गरेका छन् ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय स्वागतयोग्य छ, नेविसंघ केन्द्रीय तदर्थ समिति ३२ मुनि हुनुपर्छ लगायतका नारा लगाइएको ब्यानर प्रदर्शन गरिएको थियो ।
नेविसंघका नेताहरुले कक्षा कोठामा जानू अघि केन्द्रीय कार्यसम्पादन समितिलाई धन्यवाद दिँदै ३२ मुनिको निर्णयलाई स्वागत गर्दछौ भनेर व्यानरसहित उपस्थित भएर ततकाल नयाँ कार्यसमिति ल्याउन पार्टीको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिक्रिया