यसरी हराउँदै गुन्द्री बुन्ने र प्रयोग गर्ने चलन (भिडियो रिपोर्टसहित)

६ चैत २०७८ गुल्मी । पछिल्लो समय गाउँ घरबाटै परालको गुन्द्री चकटी बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै पाइने प्लास्टिकजन्य गुन्द्रीको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो ।
पुसदेखि चैतसम्म तान लगाएर गुल्मीका घरघर परालको गुन्द्री र चकटी बुन्ने चलन थियो । तर अहिले बजारमा पाइने जुटको डोरी र पराल मिलाएर गुन्द्री र चकटी बुन्न थालिएको छ ।
परम्परागत हिसाबले गुन्द्री बुन्दा समय र परिश्रम धेरै लाग्ने, महंगो पर्ने र बजारमा सजिलै प्लास्टिकका गुन्द्री पाइने भएकाले गुन्द्री बुन्ने क्रम हराउँदै गएकोछ ।
गाउँघरमै प्लास्टिकका गुन्द्रीको प्रयोगले परनिर्भरता बढाउँदै लगेको छ । यसले पुर्ख्यौली सीप लोप हुँदै जाने चिन्ता शुरू भएको छ । गाउँको उत्पादनको प्रवर्द्धन र व्यवसायीकरण गर्न स्थानीय संघसंस्थाले पहल गर्ने भएका छन् ।
नयाँ पुस्ताले चासो नदिनुका साथै परम्परागत सीप हस्तान्तरणको अभावमा गाउँघरमै अहिले गुन्द्री बुन्न जान्नेको संख्या निकै कम छ । सीप हस्तारन्तरण र बजारीकरणमा जोड दिन सके यसले घरमै बसेर राम्रो आम्दानी गर्न सकिन्छ ।
प्रतिक्रिया