Main News

१८ महिने बालिकाको बलात्कारपछि हत्या आरोपीमाथि कठोर सजायको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत ६ गते १७:५६
१८ महिने बालिकाको बलात्कारपछि हत्या आरोपीमाथि कठोर सजायको माग (भिडियो रिपोर्टसहित)

६ चैत २०७८ काठमाडौं । १८ महिने बालिकाको बलात्कारपछि हत्या आरोपीलाई कठोर सजायको माग गर्दै महिला आयोगमा ज्ञापनपत्र बुझाइएको छ ।

गत फागुन २७ गते मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ७, गणेशपुरकी बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई कडाभन्दा कडा सजाएको माग गरिएको छ ।

एक वर्ष अगाडि बलात्कार अभियोगमा जेल सजाय काटेर आएका अजय फेरि बलात्कार आरोपमा पक्राउ परेका हुन् । समृद्धि फाउण्डेशनले अपराधीले कडा सजाय नपाउँदा पटकपटक अपराध दोहोरिएको भन्दै ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै राष्ट्रिय महिला आयोगले दोषीमाथि कडा कारबाही गराउन सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

गत आइतबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनामा संलग्नलाई सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *