खेलकूद

खप्तड गोल्डकप फूटबल प्रतियोगिताको उपाधिका लागि मनाङ र फ्रेन्ड्स भिड्दै

हिमालय टिभी
२०७८ फागुन २८ गते ९:१४
खप्तड गोल्डकप फूटबल प्रतियोगिताको उपाधिका लागि मनाङ र फ्रेन्ड्स भिड्दै

२८ फागुन २०७८ धनगढी । पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फूटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ ।

धनगढी रङ्गशालामा हुने आजको खेलमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजेपछि शुुरु हुनेछ ।

आजको खेलमा दुबै टोली जित निकाल्दै उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन् । सर्वाधिक धनराशीको प्रतियोगिता विजेताले २१ लाख नगद प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।

पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरेको हो भने दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्