Main News
भक्तपुर क्यान्सर अस्पतालमा बिरामी बढेसँगै व्यवस्थापनमा कठिनाइ (भिडियो रिपोर्टसहित)
२०७८ फागुन २७ गते १६:२५
२७ फागुन २०७८ काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको चाप बढेसँगै व्यवस्थापनमा कठिनाइ भएको छ ।
कोरोना संक्रमण दर घट्दै गएसँगै अस्पतालमा बिरामीको चाप बढ्न थालेको हो । १ सय २१ बेड क्षमता रहेको अस्पतालमा बिरामीले बेड नै नपाउने अवस्था छ ।
यो समस्या समाधानका लागि अस्पतालले स्वास्थ्य मन्त्रालयमा बेडको क्षमता बढाउन आग्रह गरिरहेको छ ।
भक्तपुर क्यान्सर अस्पताल सबै प्रकारको क्यान्सरका बिरामीको उपचार हुने सरकारी अस्पताल हो । उपचार गर्न सस्तो र सुलभ भएकाले पनि देशभरका क्यान्सरका बिरामी यहाँ आउने गरेका छन् ।
अस्पतालका अनुसार दैनिक १० देखि १५ जना क्यान्सरका बिरामीलाई बेड पाउन समस्या हुने गरेको छ । भक्तपुर अस्पतालमा सर्जरी, रेडियोथेरापी, मेडिकल अंकोलोजी लगायत सबै पद्धतिबाट क्यान्सरको उपचार हुने गरेको छ ।
प्रतिक्रिया