समाज
धादिङमा मापदण्डविपरीत क्रसर उद्योग सञ्चालन (भिडियो रिपोर्टसहित)
२०७८ फागुन २५ गते १६:४९
२५ फागुन २०७८ धादिङ । धादिङमा मापदण्ड विपरीत क्रसर उद्योग र फिरफिरे संचालनमा रहेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा प्रायः ढुङ्गा, गिट्टी बालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत रहेको पाइएको हो ।
नदीभन्दा ५ सय मिटर, वस्तीभन्दा २ किलोमिटर र हाइटेन्सन पावरबाट ५ सय मिटर टाढा हुनुपर्ने जस्ता मापदण्ड पालना गरिएको छैन । मापदण्ड विपरीत संचालन भएका उद्योगलाई सचेत गराइएको प्रशासनले जनाएको छ ।
धादिङमा ७७ वटा क्रसर उद्योग र २ सयभन्दा बढी फिरफिरे सञ्चालनमा छन् । पटक पटक अनुगमन गरिए पनि उद्योगहरु मापदण्डमा ल्याउन सकिएको छैन ।
प्रतिक्रिया