सहिद स्मारक बी डिभिजन लीग फूटबलमा खुमलटार विजयी

२५ फागुन २०७८ काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लीग फूटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फूटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १–० गोल अन्तरले पराजित गर्दैै विजयी भएको हो ।
खुमलटारको जितमा सविन केसी नायक बने । उनले खेलको २९औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल सावित भयो ।
जितसँगै खुमलटारले तीन खेलबाट ६ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चर्च ब्वाईज युनाइटेड र भगवती क्लबको पनि समान ६ अङक नै छ तर गोल अन्तरका आधारमा चर्च ब्वाइज शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै भगवती क्लब दोस्रो स्थानमा छ यता बासबारीको भने तीन खेलमा दोस्रो पराजय हो । बासबारीले तीन खेलमा १ अङक जोडेको छ ।
प्रतिक्रिया