Main News

नारी दिवस : कहालीलाग्दो छ नारीको पीडा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २४ गते २०:२४
नारी दिवस : कहालीलाग्दो छ नारीको पीडा (भिडियो रिपोर्टसहित)

२४ फागुन २०७८ काठमाडौं । मंगलबार नारी दिवस मनाइरहँदा पीडित नारीहरुको पीडा भने जस्ताको त्यस्तै छ। लक्ष्मी पूजाकै दिन श्रीमानको तेजाव आक्रमणमा परेर अनुहार गुमाएर घाइते जीवन बिताइरहेकी आरतीदेखि बलात्कार पीडित महोत्तरीकी निहारिकासम्मको पीडा कहाली लाग्दोछ ।

जनकपुरधामकी २६ वर्षीया आरती साहमाथि २०७७ कार्तिक १९ गते श्रीमानले एसिड प्रहार गरे । दोषीलाई सजाय त भयो तर एसिडले शरीरमा दिएको घाउ र मानसिक पीडा ताजै छ । एकातिर उपचार खर्चको अभावमा तड्पिनु परेको छ भने अर्कोतिर समाजको अपहेलना ।

कुमारी आमा भनेर चिनिने महोत्तरीकी निहारिका राजपुतको कथा पनि कम पीडादायी छैन । निहारिकाले आफुमाथि जबरजस्ती करणी गरेको आरोपमा धनुषा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका शिवराज श्रेष्ठविरुद्ध मुद्दा हाल्नुभयो ।

तर आठ वर्षपछि धनुषा जिल्ला अदालतले गत माघ २४ गते बलात्कार नभएको भन्ने फैसला सुनायो । न्यायको खोजीमा भौतारिएकी निहारिकाको जीवन यो फैसलासँगै निरस बनेको छ ।

आरती र निहारिकालाई मात्रै होइन, समाजमा स्थापित महिलाहरुलाई पनि महिला भएकै कारण काम गर्न चुनौतिपूर्ण छ ।

मधेसी समुदायमा दाइजोका कारण महिलाले हिंसा भोग्नु परेका घटना प्रशस्तै छन् । त्यसमाथि बलात्कार र एसिड आक्रमण जस्ता जघन्य अपराध भइरहेका छन् । कति घटना लुकाइन्छन् भने कतिपयमा महिलाले न्याय नै पाउँदैनन् । बरु पीडामाथि पीडा थप्ने काम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *