धरानको होटलमा मृत भेटिएकी महिलाको हत्या आरोपमा एक पक्राउ

हिमालय टिभी
२०७८ फागुन २२ गते १६:२४
धरानको होटलमा मृत भेटिएकी महिलाको हत्या आरोपमा एक पक्राउ

२२ फागुन २०७८ सुनसरी । सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर १८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा यही फाल्गुन १७ गते मृत फेला परेकी महिलाको पहिचान भएसँगै उनको हत्यामा संग्लग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका वडा नम्बर ६ धनकुटाका २४ वर्षीय जीवन उपनामका विनेश राना रहेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ । गत फागुन १७ गते बिहान ७ बजे होटलको कोठामा १ जना महिला मृत रहेको परेकी थिइन् ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोली घटनाबारे अनुसन्धान शुरु गरेको थियो । प्रहरीको अनुसन्धानबाट ति महिला मिक्लाजुङ गाउँपालिका–१ पाँचथर घर भई हाल इटहरी–५ मा बस्दै आएकी ३९ वर्षीया सुमित्रा तामाङ रहेको खुलेको थियो ।

यसरी मृतकको पहिचान खुलेसँगै उक्त घटनामा संलग्नको खोजतलास गर्ने क्रममा रानालाई हिजो बेलुका धनकुटाको पाख्रीवास–११ बाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

हत्या आरोपमा पक्राउ परेका रानाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *