आज पहाडी भू–भागमा आंशिक मौसम बदली, बाँकी भू–भाग सफा रहने

हिमालय टिभी
२०७८ फागुन २१ गते ९:११
आज पहाडी भू–भागमा आंशिक मौसम बदली, बाँकी भू–भाग सफा रहने

२१ फागुन २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भू–भागमा मौसम बदली रहने बताएको छ ।

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको हुनाले देशको पहाडी भू–भागमा मात्रै मौसम बदली रहने छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसमसम्बन्धी बुलेटिनमा देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

आज राति देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाले देशभर तापक्रम बढ्ने क्रममा रहेकाले विशेष गरी तराई र चुरे क्षेत्रमा गर्मीबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *