खेलकूद

एभर्टन एफ ए कप फूटबलको क्वार्टरफाइनल प्रवेश

हिमालय टिभी
२०७८ फागुन २० गते ८:३१
एभर्टन एफ ए कप फूटबलको क्वार्टरफाइनल प्रवेश

२० फागुन २०७८ काठमाडौं । एभर्टन एफ ए कप फूटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

पाँचौ चरण अन्तर्गत बोरेहम उडमाथि २० को जितसहित एभर्टन अन्तिम आठमा पुगेको हो । घरेलु मैदान गोडिसन पार्कमा एभर्टनको जितमा दुबै गोल सोलोमोन रोन्डोनले गरे ।

उनले ५७औं र ८४औं मिनेटमा गोल गर्न सफल भए । सेमिफाइनल प्रवेशका लागि अब एभर्टनले क्रिष्टल प्यालेसको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्