झण्डै चार महिनापछि आज सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्दै
२० फागुन २०७८ काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक इजलास आज बस्दैछ ।
झण्डै चार महिनापछि संवैधानिक इजलास बस्न लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलन शुरू भएपछि सर्वोच्च अदालतमा संवैधानिक इजलास बस्न सकेको छैन ।
तर फागुन १ गते राणाविरुद्ध महाअभियोग दर्ता भएर उनी निलम्बनमा परेसँगै इजलास बस्ने बाटो खुलेको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलो पटक संवैधानिक इजलास गठन गर्न लाग्नु भएको हो ।
यसअघि प्रधानन्यायाधीश राणासँग एउटै इजलासमा नबस्ने न्यायाधीशहरुको अडानका कारण संवैधानिक इजलास बस्न सकेको थिएन । तर प्रधानन्यायाधीश राणा निलम्बनमा परेसँगै सर्वोच्चका काम कारबाही सहजरुपमा अघि बढेका हुन् ।
यसअघि हुन नसकेको न्याय सेवा आयोग र न्याय परिषद्को बैठक पनि नियमित बस्न थालेको छ ।
प्रतिक्रिया