Main News

राष्ट्रिय सभाका २० जना सांसदको पदावधि आज सकिँदै, कुन पार्टीका कति ?

हिमालय टिभी
२०७८ फागुन २० गते ७:५८
राष्ट्रिय सभाका २० जना सांसदको पदावधि आज सकिँदै, कुन पार्टीका कति ?

२० फागुन २०७८ काठमाडौं । राष्ट्रिय सभामा २० सांसदको पदावधि आज सकिएको छ।

कार्यकाल सकिनेमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसका तीन जना हुनुहुन्छ। कांग्रेसबाट राधेश्याम अधिकारी, दृगनारायण पाण्डेय र तारादेवी भट्टको पदावधि सकिएको हो ।

एकीकृत समाजवादीका चार सांसद पनि कार्यकाल सकिएको छ । समाजवादीका पदावधि सकिनेमा उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवर हुनुहुन्छ ।

माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा र शशिकला दाहालको कार्यकाल सकिएको छ ।

यस्तै कार्यकाल सकिनेमा नेकपा एमालेका अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्र स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार सुमनराज प्याकुरेल गरी ८ जना हुनुहुन्छ ।

राष्ट्रपतिबाट मनोनीत रामनारायण विडारीको पनि कार्यकाल सकिएको छ ।
सांसद विदाईका लागि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज साँझ ५ बजे विदाई कार्यक्रमको आयोजना गर्नु भएकोछ । निर्वाचित १९ सांसदहरूको शपथ ग्रहण कार्यक्रम भोलि हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *