आज पहाडी भेगको थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

१९ फागुन २०७८ काठमाडौं । आज पहाडी भेगको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।
हाल ठूलो वर्षा गराउने कुनै प्रणाली सक्रिय नभएपनि स्थानीय वायुको प्रभावले पहाडी भेगको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।
आज विशेषगरी सुदूरपश्चिम, कर्णाली तथा प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ । सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै र बाँकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानहरूमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ ।
देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै भोलि दिउँसो देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ । पर्सि दिउँसो भने देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ ।
राति देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ ।
प्रतिक्रिया