आज देशभरको मौसम आंशिक बदली रहने

१७ फागुन २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसममा आंशिक बदली रहने बताएको छ ।
महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । महाशाखाले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने तथा गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध छ ।
प्रतिक्रिया