Main News

यसरी सकियो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक उडान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १६ गते २०:३०
यसरी सकियो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक उडान (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७८ भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुअघि गरिएको यान्त्रिक उडान क्यालिब्रेसन फ्लाइट आजबाट सकिएको छ । अब छिट्टै विमानस्थल संचालनमा आउने भन्दै स्थानीय खुशी बनेका छन् । तर, बुद्ध जयन्तीको अवसरबाट व्यवसायिक उडान गर्ने भनिए पनि गृह र अर्थ मन्त्रालयबाट हुनुपर्ने काम अगाडी नबढ्दा संचालन मिति पछि सर्ने देखिएको छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सूचारु अघि गरिएको यान्त्रिक उडान क्यालिब्रेसन फ्लाइट आजबाट सकिएको छ ।

थाइल्याण्डको पाइलटसहितको प्राविधिक टोलीले नौ दिनसम्म यान्त्रिक उडान गरेर विमानको दुरी, उडान भरेको विमानले प्रयोग गर्ने रुट, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतको जाँच गरेको हो । यान्त्रिक उडानको प्रारम्भिक रिपोर्ट अनुसार विमानस्थलमा जडान भएका संचारलगायतका उपकरण ठिक पाइएको बताइएको छ ।

आईसीपी वान भौतिक संरचना निर्माण र आईसीपी टु संचार उपकरण जडान गरी दुई चरणमा ठेक्का विभाजन गरिएको थियो । आईसीपी टु ठेक्का पाएको एरो थाई कम्पनीले एन्ञिक परीक्षण उडान गरेको हो ।

यन्त्रिक परीक्षण उडानको २० दिन भित्र आन्तरिक र अन्तिम रिपोर्ट उपलब्ध हुने बताईएको छ । सबै रिपोर्ट ठिक आए अन्तराष्ट्रिय समुदायमा सुचना दिई अन्तर्राष्ट्रिय उडान शुरु हुनेछ । जेठसम्ममा ब्यवसायिक उडान शुरु गर्ने तयारी भएसँगै स्थानीय खुसी बनेका छन् ।

विमानस्थल संचालनका लागि ‘मिसन भैरहवा’ नाम दिएर माघ १२ गतेदेखि काम सुरु गरिएको थियो । जस अनुसार सय दिनभित्र सम्पूर्ण काम सक्ने तयारी गरिएको थियो । पर्यटन मन्त्रालय अन्तर्गतको काम अघि बढेपनि गृह, अर्थलगायतका मन्त्रालयको काम भने अघि बढ्न सकेको छैन ।

गृह मन्त्रालयले अध्यागमन र अर्थ मन्त्रालयले भन्सार कार्यालय स्थापना गर्नुपर्ने भएपनि सम्बन्धित मन्त्रालयको विमानस्थल क्षेत्रमा हुनुपर्ने काम अघि नबढेको हो । जसका कारण विमानस्थल संचालनको मिति पछाडी धकेलिनसक्ने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *