राजनीति

एमसीसी पास गराउन एमालेको पनि सहयोग रहेको कांग्रेस प्रवक्ता महतको खुलासा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १६ गते १६:४१
एमसीसी पास गराउन एमालेको पनि सहयोग रहेको कांग्रेस प्रवक्ता महतको खुलासा (भिडियो रिपोर्टसहित)

१६ फागुन २०७८ काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौंता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पनि सहयोग रहेको दाबी गर्नु भएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी प्रवक्ता महतले राजनीतिक कारणले सो सम्झौंता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष एमालेले औंपचारिक रुपमा सहभागिता नजनाएपनि अनौपचारिक रुपमा सहयोग गरेको बताउनु भएको हो ।

उहाँले एमसीसीबारे सकारात्मक दृष्टिकोण राखेर संसदबाट पारित गराउन अनौपचारिक ढंगले भएपनि सहयोग गरेको भन्दै एमालेलाई धन्यवाद समेत दिनुभयो । सो परियोजना संसदबाट अनुमोदन गराउन परिपक्व, सुझ्बुझ्पूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नेपाली जनताले आफ्नो पार्टीको प्रशंसा गरेको प्रवक्ता महतको भनाइ थियो ।
उहाँले भन्नु भयो, ‘एमसीसी सही ढंगले संसदले पारित ग¥यो । त्यसमा विपक्षी दलको राजनीतिक कारणले औपचारिक सहभागिता नभए पनि उहाँहरुको पनि यसमा सहयोग रह्यो । ’

प्रवक्ता महतले एमसीसी सम्झौता पारित गराउन सबै दलको सहयोग रहेसँगै सो बारे जनस्तरमा उठेका भ्रमहरुको पनि निवारण भएको विश्वास व्यक्त गर्नुभयो । उहाँले एमसीसीबारे जनस्तरमा अझै केही भ्रम भए त्यसलाई निवारण गरेर अघि बढन आफ्नो पार्टी लागि रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

एमसीसी परियोजना विशुद्ध विकास सहयोग भएको उल्लेख गर्दै प्रवक्ता महतले त्यसबारे नकारात्मक दृष्टिकोण राखिरहन आवश्यक नभएको तर्क समेत गर्नुभयो । प्रवक्ता महतले एमसीसीको डकुमेन्ट र संसदबाट पारित व्याख्यात्मक घोषणाले पनि एमसीसीबारे नकारात्मक टिप्पणी गर्नुपर्ने अवस्था नभएको दोहो¥याउनु भयो ।

उहाँले भन्नुभयो, ‘बाँकी अझै केही भ्रम र अफवाह छन् भने त्यसलाई पनि मेटन नेपाली कांग्रेस निरन्तर लागि रहन्छ । र अझै पनि यस विषयलाई लिएर जो नकारात्मक दृष्टिकोण राखिरहनु भएको छ । उहाँहरुलाई पनि हामी अनुरोध गर्न चाहन्छौं–यो शुद्ध विकास सहयोग हो । विकास परियोजना हो । ’

प्रवक्ता महतले यो परियोजनाको रकम विद्युत प्रशारण लाइन र सडक परियोजनामा खर्च हुने भन्दै त्यसको कार्यान्वयनमा आफ्नो पार्टी केन्द्रित हुने बताउनु भयो । यो परियोजना संसदबाट पारित भएसँगै नेपालको आवश्यकता अनुसार बाह्य लगानी आउने नयाँ नजिर स्थापित भएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्