खेलकूद
लिभरपुलले जित्यो काराबाओ कप फूटबलको उपाधि
२०७८ फागुन १६ गते ७:४१
१६ फागुन २०७८ काठमाडौं । लिभरपुलले काराबाओ कप फूटबलको उपाधि जितेको छ ।
गएराति भएको फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ११–१० ले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो ।
वेम्बली रंगशालामा निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको हो।
लिभरपुलले कीर्तिमानी नवौं पटक काराबाओ कपको उपाधि जितेको हो । पछिल्लो पटक लिभरपुल २०११ र १२ को सिजन उपाधि जितेको थियो ।
प्रतिक्रिया