संसदबाट आजै एमसीसी अनुमोदन गर्ने सत्तारूढ गठबन्धनको निर्णय
१५ फागुन २०७८ काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी)मा व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको छ ।
बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीहरुलाई एमसीसी सैन्य सङ्गठनअन्तर्गत नभई विशुद्ध आर्थिक सहयोग हो भन्ने सन्दर्भमा सरकारले स्पष्ट गरेपछि आजै बस्ने प्रतिनिधिसभाले अनुमोदन गर्ने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धन दलका शीर्ष नेता बालुवाटारमा सहभागी हुनुहुन्थ्यो ।
यसैबीच आजै बिहान बसेको माओवादी केन्द्रको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया