खेलकूद

प्रिमियर लीग फूटबलमा लिड्स युनाइटेडविरुद्ध टोटनह्यामको सहज जित

हिमालय टिभी
२०७८ फागुन १५ गते ८:१९
प्रिमियर लीग फूटबलमा लिड्स युनाइटेडविरुद्ध टोटनह्यामको सहज जित

१५ फागुन २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा टोटनह्यामले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा टोटनह्यामले लिड्स युनाईटेडलाई ४–० ले पराजित गरेको हो । टोटनह्यामको जितमा माट दोहेर्टी,डिजेन कुलुसेभ्सकी, ह्यारी केन र सन ह्युङ मिनले एक एक गोल गरे ।

जितसँगै २५ खेलबाट ४२ अंक जोडेको टोटनह्याम सातौं स्थानमा छ । लिड्स २३ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

यता गएराति नै भएको अर्को खेलमा ब्रेन्टफोर्ड,न्यूकासलसँग २–० ले पराजित भएको छ । न्यूकासललाई जित दिलाउन जोइलिनटन र जोइ विललकले एक एक गोल गरे । मिडफिल्डर क्रिस्टियन एरिक्सनले न्यूकासलविरुद्ध मैदान उत्रदै डेब्यु गरेका छन् ।

यूरोकपका दौरान भएको हृदयघातपछि एरिक्सनले पहिलो पटक व्यवसायिक फूटबल खेलेका हुन् ।

फिनल्याण्डविरुद्धको खेलका क्रममा हृदयाघात भएर उनी मैदानमा ढलेका थिए । जितसँगै न्यूकासलले २५ खेलमा २५ अंक जोडेर १४ औं स्थानमा छ । ब्रेन्टफोर्ड २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वाट्फोर्डसँग गोलरहित बराबरी खेलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्