विदेश

युक्रेनमा रुसी आक्रमण जारी, प्रतिकारमा युक्रेनी नागरिक

हिमालय टिभी
२०७८ फागुन १५ गते ८:०२
युक्रेनमा रुसी आक्रमण जारी, प्रतिकारमा युक्रेनी नागरिक

१५ फागुन २०७८ युक्रेन । रुसले युक्रेनमाथि निरन्तर आक्रमण गरिरहेको छ । युक्रेनी सेनाले रुसी आक्रमणको प्रतिवादको प्रयास गरिरहेका छन् ।

युक्रेनी राष्ट्रपतिले अमेरिकालगायतका मुलुकले युद्धको मैदानमा आफुलाई एक्लै छोडे पनि प्रतिवाद गर्ने प्रतिबद्धता जनाएका छन् । युक्रेनी सर्वसाधरण समेत हतियार लिएर रुसी सेनाको प्रतिकारमा उत्रिएका छन् ।

रुसले जल, थल र हवाई तीनै क्षेत्रबाट आक्रमण गरिरहेको छ । आक्रमणका कारण धेरै जनाको मृत्यु भएको र कैयौं घाइते भएका छने । रुसी सेनातर्फ पनि क्षति भएको र केहीलाई युक्रेनी सेनाले बन्दी बनाएको जनाइएको छ ।

पछिल्लो पटक आक्रमणको निशानामा परेको राजधानी किभमा रातभर लगातार मिसाइल आक्रमणहरु भएको बीबीसीले जनाएको छ । किभमा रात्रीकालिन कर्फ्यु कायमै छ ।

यसैबीच किभ नजिकको इन्धन टिपोमा व्यालेष्टिक मिसाइल आक्रमण भएको छ । भासिल्किभ शहरका मेयरले डिपोमा आक्रमण भएको पुष्टि गरेका छन् । खार्खिभस्थित ग्याँस पाइपलाइनमा पनि विष्फोट भएको छ ।

सैन्य वेशहरुमा आक्रमण गरेका रुसी सेनाले इन्धन र ठूला संरचनालाई समेत निशाना बनाउन थालेका छन् । आक्रमणबाट ज्यान जोगाउन ठूलो संख्यामा युक्रेनीहरु छिमेकी मुलुक पोल्याण्ड र मोल्दोभा पलायन भएका छन् ।

यता अमेरिका, जर्मनी, नेदरल्याण्डसले युक्रेनलाई थप हतियार पठाउने जनाएका छन् । तर रुसी आक्रमणविरुद्ध सेना पठाउन भने कुनै पनि मुलुक तयार छैनन् ।

रुसविरुद्ध आर्थिक नाकाबन्दी लगाउनमै उनीहरु सीमित देखिन्छन् । आफ्नो अभियानमा अड्चन डाले आणविक हतियार प्रयोग गर्न सक्नेसम्मको धम्की रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *