Main News

हुँदै नभएको काम सम्पन्न भएको भनी प्रतिवेदन बनाएपछि…

हिमालय टिभी
२०७८ फागुन १३ गते १९:००
हुँदै नभएको काम सम्पन्न भएको भनी प्रतिवेदन बनाएपछि…

१३ फागुन २०७८ काठमाडौं । विकास निर्माणको काम नागरिकको सुविधाका लागि गरिन्छ । सामान्यतया सरकारको कोषबाट खर्च हुने बजेटमा पारदर्शितालाई महत्वका साथ स्थान दिइएको हुन्छ ।

हरेक नागरिकले जान्न चाहँदा पनि सरकारी निकायले जानकारी दिनुपर्छ । सोही कार्यका लागि नागरिकले आफ्नो गाँस कटाएर सरकारी कर्मचारीलाई तलब भक्ता खुवाएका हुन्छन् ।

शपथ खाएर कार्यक्षेत्रमा खटिएका सरकारी कर्मचारीले नै गलत कामलाई सही ठह¥याउन खोजेपछि त्यो भन्दा बदमासी अरु के होला ? यस्तै भएको छ बाग्लुङमा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दा हेर्ने हो भने हुँदै नभएको कामसमेतलाई बढाइचढाई गरेर भुक्तानी गरेको पाइएको छ ।

दाबगरा बसपार्क निर्माणमा गर्नुपर्ने काम नगरेको, हुँदै भएको काम गरेको, काम सम्पन्न भएको भनि गरी गरिएको प्रमाणीकरणको अध्ययन गर्दा सबै फर्जी देखिएको आयोगले जनाएको छ । आयोगले रु पाँच लाख ९० हजार ५०९ बराबरको भ्रष्टाचार गरेको अभियोगमा सबइन्जिनियर घनश्याम रिजाल, इन्जिनियर मनोज शर्मा, कार्यसम्पन्न भएको भनी प्रतिवेदन बनाउने सीडिई दयाराम अधिकारी विरुद्ध बिगो बमोजिमको कारवाहीकोमाग गरिएको छ ।

यस्तै, बाग्लुङ नगरपालिका–४ का वडाअध्यक्ष धु्रबबहादुर केसी, नगरउपप्रमुख सुरेन्द्र खड्का र इन्जिनियर मनोज शर्मा, बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुवासचन्द्र राजभण्डारी, कोषाध्यक्ष भीमकुमारी आचार्य र सचिव गुणनीति शर्माविरुद्ध पनि बिगो बमोजिमको कारवाहीको माग गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *