Main News

भोलिको संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई कांग्रेसको निर्देशन

हिमालय टिभी
२०७८ फागुन ११ गते १४:४५
भोलिको संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई कांग्रेसको निर्देशन

११ फागुन २०७८ काठमाडौं । नेपाली कांग्रेसले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ ।

कांग्रेस सचेतक पुष्पा भुसालले आफ्ना सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरिएको बताउनुभएको हो ।

भोलिको संसद बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी)माथि सैद्धान्तिक छलफल हुने भन्दै कांग्रेसले अनिवार्य उपस्थित हुन भनेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फागुन ८ गते संसदमा टेबल गराएको एमसीसी प्रस्तावमा छलफल गर्न भोलि संसद बैठक बस्दैछ । कांग्रेस संसदीय दलले एमसीसी प्रसतावको पक्षमा उभिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *