विदेश

रुसी राष्ट्रपतिको निर्णयविरुद्ध खनिए अमेरिका र पश्चिमा मुलुक

हिमालय टिभी
२०७८ फागुन ११ गते ८:०१
रुसी राष्ट्रपतिको निर्णयविरुद्ध खनिए अमेरिका र पश्चिमा मुलुक

११ फागुन २०७८ न्युयोर्क। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा पृथक्तावादीको नियन्त्रणमा रहेका दुईवटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएर सेना परिचालन गर्न आदेश दिएसंगै अमेरिका लगायतका पश्चिमा मुलुक मस्कोविरुद्ध उत्रिएका छन् ।

रुसको माथिल्लो सदनले राष्ट्रपति पुटिनलाई विदेशमा सेना परिचालन गर्न अधिकार दिएको छ । तर युक्रेनको डोनेस्क र लुहान्स्कमा रुसी सेना पुगेको बारे स्पष्ट भैनसकेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनेले युक्रेनमाथि रुसले आक्रमणको शुरुवात गरेको भन्दै रुसी निर्णयले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको प्रतिक्रिया दिएका छन् ।

बाइडेनले युक्रेनलाई थप रक्षा सहयोग पठाउने र बाल्टिक क्षेत्रमा अमेरिकी सेना तैनाथ गर्ने बताएका छन् । आफ्ना सहयोगी मुलुकहरुसंग मिलेर मस्कोलाई जवाफ दिने अमेरिकी तत्परता दोहोर्याएका छन् । अमेरिकालगायतका विभिन्न पश्चिमा मुलुकले रुसमाथि विभिन्न प्रतिबन्धको घोषणा गरेका छन् ।

अमेरिकाले रुस समर्थित विद्रोहहरूको नियन्त्रणमा रहेको क्षेत्रमा प्रतिबन्धको घोषणा गरेको छ । बेलायतले रुसका पाँचवटा बैंक र तीन धनी व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ ।

जर्मनीले रुससँगको एउटा प्रमुख ग्यास पाइपलाइन परियोजना नोर्ड स्ट्रीम टूलाई यथास्थितिमा राख्ने बताएको छ। क्यानडाले पनि रुसमाथि आर्थिक नाकाबन्दीको घोषणा गरेको छ । पुटिनले राष्ट्रका रूपमा छुट्टै राष्ट्रका रूपमा युक्रेनको अस्तित्व नरहेको बताएका थिए ।

अमेरिकाले युक्रेनको अखण्डता र सम्प्रभुताप्रतिको प्रतिबद्धता दोहोर्याएको छ । रुसले आठ वर्ष अघि युक्रेनेको स्वायत्त क्षेत्र क्राइमिया आफुमा विलय गराइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *