Main News

एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

हिमालय टिभी
२०७८ फागुन १० गते २०:५०
एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

१० फागुन २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीबीच आज भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा आज पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओली र राजदूत बेरीबीच भेटवार्ता भएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिनुभयो ।

संसद्मा अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबुल भएको र अब बस्ने संसद् बैठकमा छलफल हुने भएपछि यसबारेमा छलफल भएको बताइएको छ ।

अध्यक्ष ओली र राजदूत बेरीबीच भेटवार्तापछि बालुवाटार जानुभएका ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *