Main News
४७६ कोरोना संक्रमित थपिए, थप ३ जनाको मृत्यु
२०७८ फागुन १० गते १७:२२
१० फागुन २०७८ काठमाडौं । नेपालमा थप ४ सय ७६ जना कोरोना संक्रिमत थपिएका छन् भने थप ३ जनाको मृत्यु भएको छ ।
६ हजार ६ सय ४ पीसीआर परीक्षणमा २ सय सय ९९ र २ हजार ८ सय २० एन्टिजेन परीक्षणमा १ सय ७७ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा १ सय २६ संक्रमित थपिएका छन् ।
थप ३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय २८ पुगेको छ । पछिल्लो पटक ८ सय ३१ जना संक्रमण मुक्त भएका छन् ।
अहिले देशभर १० हजार ७ सय ४७ सक्रिय संक्रमित छन् । १ सय १५ जनाको आइसीयू र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो पटक १ लाख ७ हजार १८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया