Main News

एमसीसीविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

हिमालय टिभी
२०७८ फागुन १० गते १४:४७
एमसीसीविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ

१० फागुन २०७८ काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा टेबल भएको एमसीसीविरुद्ध वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट लैजानुभएको थियो । तर, अदालत प्रशासनले सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारभित्र नपर्ने भन्दै दरपीठ गरेको हो ।

दरपीठविरुद्ध भण्डारीले अर्को निवेदन दिने तयारीमा हुनुहुन्छ । अधिवक्ता भण्डारीले एमसीसी सम्झौता हो वा सन्धी भन्नेमा प्रष्टता खोज्नुभएको छ ।

उहाँले रिट निवेदनमा सम्झतौलाई सन्धीको मान्यता दिन खोजिएको भन्दै खारेज गर्न माग गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *