एमीसीविरुद्ध सर्वोच्चमा रिट

९ फागुन २०७८ काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रस्तुत एमसीसी सम्झौता अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले आज सर्वोच्च अदालतमा पेश गरेको रिट दर्ता हुन भने बाँकी छ । भण्डारीले भोलिसम्म निवेदनको टुंगो लगाउने जानकारी दिनुभयो ।
रिट निवेदनमा नेपाल सन्धी ऐन २०४७ को दफा ४ अनुसार प्रतिनिधिसभामा एमसीसीको प्रक्रिया अघि नबढाउनू भनी माग दावी गरिएको छ ।
एमसीसी सम्झौता भियना अभिसन्धि र सन्धि ऐन अनुसार सन्धिको मापदण्डमा नपर्ने भन्दै निवेदनमा सन्धिको मान्यता दिन नमिल्ने भनी आदेश हुनुपर्ने माग गरिएको छ ।
भण्डारीले एमसीसीसम्बन्धी अहिलेसम्म अघि बढाइएका काम बदर गर्न पनि माग गर्नुभएको छ । हिजो संसदमा प्रस्तुत एमसीसी सम्झौता सन्धिको श्रेणीमा नपर्ने भण्डारीको दावी छ ।
प्रतिक्रिया